
तुलसीपुर : तुलसीपुर –१२ हरीपैरीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
घरबाट शुक्रबार निस्केका सोही ठाउँका मंगलबहादुर चौधरी हरीपोरीको खेतमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
मृतकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । चौधरीको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस