
तुलसीपुर, ५ बैशाख : तुलसीपुरमा ५ पिपलबोट ओरालोमा त्रिपुरा फेसन हाउस संचालन गर्दै आएका भिम गुरुङ र चन्द्रिका गुरुङले शुक्रबार तुलसीपुर वडा नम्बर ५ का अतिविपन्न तथा दैनिकी ज्याला मजदुर गर्न ७१ घर परिवारलाई राहत दिएका छन् । वडा नम्बर ५ संगको समन्वयमा वडासदस्य,प्रहरी, राजनितिक दलका प्रतिनिधी ,टोल विकास सस्थाका पधाधिकारीहरुको विचमा उक्त राहत वितरण गरिएको हो ।

लकडाउनको समयमा अतिविपन्न तथा दैनिकी ज्याला मजुदरी गर्ने परिवारहरु भोकै बस्न नपरोस् भन्ने उदेश्यले आफुहरुले राहत दिएको उनले बताए । टोल विकास संस्थाले सिफारिस गरेका ७१ घरपरिवारलाई १५ किलो चामल, १ किलो दाल, १ पोका खाने तेल, १ किलो नुन दिएको उनले बताए ।
यता वडा कार्यालयले हाल सम्म करिब २ हजार बढिलाई राहत दिएको महिला वडासदस्य सावित्रा गुरुङले बताईन् । वडा भित्र रहेका अतिविपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई विभिन्न ब्यक्तिहरुबाट आएको राहत र तुलसीपुर उपमहानगरपालिकाले दिएको राहत वितरण गरेको उनले बताईन् ।