बंगलाचुली ,५ बैशाख : दाङको बंगलाचुली गाउँपालिकाले थप ३ जनालाई क्वारेनटाईनमा राखेको छ । उनीहरुलाई शुक्रबार बंगलाचुली गाउँपालिकाको वडा नं.–४ झुलीडाँडामा रहेको क्वारेनटाईनमा राखिएको हो ।
बंगलाचुली गाउँपालिका वडा नं. ५ उपल्लो मुर्कुटी घरभएका ३ जनालाई क्वारेनटाईनमा राखीएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए। उनीहरु मध्य दुई पुरुष र एक महिला रहेका छन् ।
उनीहरु पर्वत जिल्लाको कुस्मामा ज्यामी काम गर्न गएको र घर फर्कने बेला पर्वत देखि हिडेर गुल्मी पुगेको त्यसपछी घोराही सम्म गाडीमा आएको बुझीएको छ । उनीहरुलाई कोरोनाको जोखिम नहोस् भनि क्वारेन्टाईनमा राखिएको अध्यक्ष वलीले बताए ।
अब झुलीडाँडा क्वारेन्टाईनमा बस्नेहरुको संख्या १० पुगेको छ । भने उता बंगलाचुली ८ मा रहेको जनकल्याण प्रा.वि हंसपुर क्वारेन्टाईनमा १ जना गरी गाउँपालिकामा ११ जना क्वारेनटाईन बसेका छन् ।