पूर्वसभामुख महराद्धारा एक सय बोरा चालम सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ४ गते बिहिवार


दाङ, पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल जम्मा गरेका छन् । बिहिबार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाएका हुन् ।

कोरोना भाइरस ९कोभिड– १९० ले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन । मुलुक यति बेला लकडाउनमा रहेको र विपन्न परिवार, ज्यालादारी गर्ने मजदुरहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ । पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएको बताए ।

कोरोना संक्रमणले यति बेला मुलुकलाई छोएको मात्र छ, उनले भने, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ । त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’

ब्मmष्ल ण् घद्द ५१ मिने

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार