
तुलसीपुर ४ बैशाख : दाङमा ईट्टा उद्योगमा कार्यरत भारतीय मजदुरले घर फर्कन पाउनुपर्ने माग राख्दै नाराबाजी गरेका छन् । भोकभाकै मर्ने अबस्था भयो,कि खान दिनुप¥यो होईन भने स्वदेश फर्कन दिनुप¥यो, घोराही वडहराको मनकामना ईट्टा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानको भनाई छ । महिला पुरुष र बालबालिकाहरुले नाराबाजी समेत गरेका छन् ।
न दाल न त चामल,औषधीको ब्यबसथा पनि छैन,कसरी बाँच्न सकिन्छ नाराबाजीमा उत्रिएकी भारतीय मुलुककी महिला श्रमिक सुनिता चौहानले बताईन् । सबैभन्दा राम्रो भारत स्थीत घर सम्म पु¥याईदिनु प¥यो उनले बताईन् । उद्योग बन्द गरिएको छ ,दुई छाक टार्न समस्या परिराखेको छ, भारतीय मुलुकका ती मजदुरहरुको भनाई छ ।
उद्योग बन्द भएसंगै गाउँमा घुमफिर गर्ने मजदुरहरुको चहल पहलले कोरोना भाईरसको संक्रमण फैलने त्रास बढेको स्थानीयबासी स्थानीय जयबहादुर बुढाले बताए । तर ईट्टा उद्योग ब्यबसायीहरुले कोरोना र मौसमका कारण दोहोरो मारमा परेको बताएका छन् ।
माघ फागुणमा परेको असीना पानीले करोडौंको क्षति भएको र चैतदेखि कोरोना भाईरस संक्रमणको त्रास र लकाउनका कारण अर्को समस्या थपीएको दाङ देउखुरी ईट्टा ब्यबसायी संघका अध्यक्ष रोम वलीले बताए ।
‘काम रोकिएको करीव एक महिना भई सकेको छ । मजदुरका लागि दालचामलको ब्यबस्था गरिनुपरेको छ । काम रोकिएको छ, उनले भने । ईट्टा उद्योग ब्यबसायी किरण पोख्रेलले उद्योगमा कार्यरत मजदुरहरुलाई भारतीय सीमाबर्ती क्षेत्र सम्म पु¥याउन सरकारले ब्यबस्था मिलाईदिनुपर्ने माग गरे ।
तर लकडाउनका कारण त्यस किसीमको ब्यबस्था होला भन्ने आशा भने नरहेको उनले बताए ।
दाङ जिल्लामा २६ वटा ईट्टा उद्योग र करिब ७ हजार भारतीय मजदुरहरु रहेका छन् ।