
घोराही,३ बैशाख : घोराहीमा भारतबाट ल्याएको ८५ क्यारेट टमारटरलाई नष्ट गरिएको छ । बुधबार दाङ जिल्ला उद्योग वाणिज्य संघ र घोराही उपमहानगरपालिकाले भारत बाट ल्याएको टमाटर नियन्त्रणमा लिएर नष्ट गरेको छ । भारतबाट टमाटर आई रहेको खबर पाए पछि घोराहीको बेलदमार पुगेर टमाटर नियन्त्रणमा लिएको संघका महासचिव नरेशकार्कीले जानकारी दिए ।
टमाटर ल्याउने पक्षसंग कहाँ बाट ल्याएको र कहाँ लैजाने भन्ने कुनै आधिकारिक प्रमाण नभएको उनले बताए । लु १ च १९६२ नम्वरको नेपाली गाडीमा ल्याउदै गरेको ८५ क्यारेड अर्थात २ हजार १२५ किलो टमाटर नियन्त्रणमा लिएको संघका अध्यक्ष नाराणण प्रसाद भुसालले जानकारी दिए । उक्त गाडी नेपाली भएता पनि टमाटर भने भारतबाट ल्याएको भन्ने धेरै आधारहरु भेटिए पछि संघमा ल्याएर सरोकारवालाहरु संगको छलफल पछि नष्ट गरेको उनले बताए ।
संघले बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल ल्याउन रोक लगाएको छ । तर व्यवसायिहरुले अटेर्री गरेर ल्याएकाले नियन्त्रमा ल्याएको संघले जनाएको छ । टमाटर नियन्त्रणमा लिनका लागि संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वमा संघका कोषाध्यक्ष शुसिल पोख्रेल र सदस्य महेन्द्र वुढाथोकीको सहभागिता रहेको थियो ।
नियन्त्रमा ल्याएको टमाटर घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगी, वडा नं १६ का वडाध्यक्ष तारावहादुर डि सी, वडा नं ४ का वडाध्यक्ष भिमबहादुर सार्की, वडा नं १४ का वडा सदस्यहरु गुलाम रसुल, लछुमान वुढा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुवराज श्रेष्ठ (भारी), संघका पदाधिकारीहरु तथा दाङ चेम्वर अफ कर्मशका अध्यक्ष श्रीधर महरा लगाएतको सहभागितामा नष्ट गरिएको हो ।
केही दिन यता तरकारी वितरणमा जन गुनासो आए पछि संघले व्यवस्थित वितरणका लागि थप रणनितीहरु अगाडि बढाएको र आगामी दिनमा यसै उपमहानगरपालिका भित्रका कृषि उत्पादनहरुलाई बजारमा ल्याउनका लागि सवै वडाका अध्यक्षहरुसंग छलफल र परामर्श अगाडि बढाएको महासचिव कार्कीले बताए ।