उपभोग्य बस्तु,मल र बिउ ब्यबस्थाप गर्न सोच्नुपर्ने अबस्था आयो : पालिका प्रमुख

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३ गते बुधवार

तुलसीपुर, ३ बैशाख : संबाद समूहले कोभिड १९ र जिल्ला समन्वय समिति तथा स्थानीय तहको भूमिकामा भिडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको छ । जिल्ला समन्वय समिति दाङ, शान्तिनगर गाँउपालिका र दंङगीशरण गाँउपालिका बिच बुधबार संबाद गराएको हो ।
भिडियो कन्फ्रेरन्स मार्फत गरिएको संबादमा दंगीशरण गाँउपालिका अध्यक्ष भागीराम चौधरीले अव लगडाउन लम्बिन गएमा खाद्यन्न आपुर्ति,दैनिक उपभोग्य बस्तु र कृषि मल र बिउको अभाब हुने बताए ।


हाललाई श्रमीक र बिपन्न समूदायको पहिचान गरि राहत बितरण गरिएको जानकारी दिएका अध्यक्ष चौधरीले अन्य दैनिक उपभोग्य बस्तुको आपुर्तिका लागि भने कठिनाई हुने बताए । करिव एक महिनाको लकडाउनमा अन्य बस्तुको उपयोग जसो तसो चलेपनि अव भने गाँउघरमा आपुर्तिको ब्यबस्था मिलाउनुपर्ने अबस्था सृजना हुने संकेत देखिएको बताए । उनले भने,बर्ष्दिनका लागि गरिने बर्षे खेतीको संघारमा छौ,अव मल बिउको पनि आबश्यकता पर्ला,यस तर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।


शान्तिनगरगाँउपालिका अध्यक्ष कमानसिंह डाँगीले पालिकाहरुले अहिले सम्म दैनिक छाक टार्न नसक्ने परिवार र ब्यक्तिको पहिचान गरि राहत बितरण गरेको बताए । परिर्व्र्तित अबस्थामा भने लकडाउन लम्बिन गए हुने खाने परिवारले मुठि दान गर्नुपर्ने अबस्था आउने बताए । उनले भने ,आफु पनि भोगबाट बँच्ने र अरुलाई पनि बँचाउनु प¥यो,यसका लागि सबैलाई आह्वान गर्छु । संकटको बेला संघिय सरकार,प्रदेश सरकार र पालिका बिच समन्वय आबश्यक रहेको उनको भनाई थियो ।

यसका लागि जिल्ला समन्वय समितिले समन्वयको भूमिका खेल्ने पर्ने उनको भनाई थियो । जिल्ला बाहिर रहेका ब्यक्तिले खान र बस्न नपाएको फोन गर्नुहुन्छ, यसमा प्रदेश र जिल्ला समन्वय समितिले ती जिल्लाका समकक्षीहरुलाई फोन मार्फत ब्यबस्थापन गरिदिनु प¥यो डाँगीले आग्रह गरे ।


बनाएका क्वारेन्टाईनमा बस्न चाहदैनन् ,यसका लागि मिडियाको भूमिका चाहिएको छ, भन्नु हुदै डाँगीले छिमेकी मुलुक भारतबाट आएका ब्यक्तिको खोजीका लागि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने अबस्था छ ।
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले १० वटै पालिकाहरुका प्रमुखहरुसँग तत्कालै यसप्रकारको भीडियो कन्फ्रेरन्स गर्ने प्रतिबद्धता जनाए ।


उनले पालिकाबाट आएका समस्यालाई सम्बोधन गर्न प्रदेश र संघिय सरकारसँग समन्वय गर्ने समेत बताए । उनले भने,बैशाख १५ गतेसम्मको लकडाउन अर्को पटक थप भए त्यसको पूर्ब तयारीमा जुट्नुपर्ने सुझा दिए । लकडाउन नै सबैभन्दा राम्रो ओखती कोरोना भाईरस संक्रमण बिरुद्ध भएको साबित भईसकेकाले यसलाई पूर्ण रुपमा पालना गर्न र गराउन सबैलाई आग्रह समेत गरे ।


संबाद समूहका सहजकर्ता सुष्मा गिरीले सहभागिहरुलाई धन्यबाद ज्ञापन गरेकि थिईन् ।
संबाद समूहले यसअघि कोभिड १९ र प्रमुख जिल्ला अधिकारीको भूमिका,कोभिड १९ र चिकित्सको भूमिका,कोभिड १९ र स्थानीय तहको भूमिका, कोभिड १९ र उद्योग बाणिज्य संघको भूमिकाका बिषयमा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको थियो । संबादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार