असिना पानीले बंगलाचुलीमा १८ सय ५० मुरी गहुँबालीमा क्षती

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३ गते बुधवार


कमिरेचौर,३ बैशाख : कोरोना भाईरसले जताततै जनतालाई आक्रान्त पारीरहेको बेला दाङको बंगलाचुली गाउँपालिकामा अर्को एउटा समस्या आई लागेको छ । मंगलबार बेलुका परेको असिना पानीले यहाँका सयौँ कृषकहरुले लगाएको गहुँबाली पुर्णरुपले क्षेती पुगेको छ ।


बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को साकिने, कुँडुले, लोहारपानी, मुर्कुटी, मसुरे, फलिदे र कोलहका ३ सय ७० घर किसानहरुले लगाएको गहुँबाली असिनाले झारेर सखाप पारेको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एनुराज खत्रीले जानकारी दिए । ३ सय ७० परिवारको करिव १८ सय ५० मुरी गहुँबालीमा क्षेती पुगेको उनले बताए ।
लकडाउनले आफुहरुलाई कसरी खानेकुरा जुटाउने होला भन्ने चिन्ता परिरहेको बेला असिना पानिले झनै समस्या पारेको कृषकहरुको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार