तुलसीपुरका वैकहरुले भने ‘संकटमा हामीसँगै छौ’

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३ गते बुधवार


तुलसीपुर , ३ बैशाख : तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणको प्रकोपको समयमा हुने वित्तिय समस्याका वारेमा तुलसीपुरका विभिन्न वित्तिय संस्थाहरुसँग छलफल गरेको छ । उपमहानगरपालिका भित्रका सम्पूर्ण वित्तिय संस्थाहरुको सहभागितामा भएको छलफल कार्यक्रममा वित्तिय संस्थाहरुले आवश्यक सबै सहयोगका लागि तयार रहेको वताए ।


सामाजिक सुरक्षा भत्ताबाट जीवन निर्वाह गर्नेहरुलाई संकट परेको भन्दै उपमहानगरपालिकाले तत्काल सबैको खातामा पैसा राख्नका लािग आग्रह गरेको थियो । वैकका प्रतिनिधिहरुले आवश्यक परेको खण्डमा वडामै गएर हातहात मै पैसा दिने वताएका थिए । वैकका प्रतिनिधिहरुले अशक्त, असहायहरुलाई वडाको समन्वयमा घरमै गएर रकम हस्तान्तरण गर्ने वताए ।


वित्तिय संस्थाहरुले पालैपालो गरेर सेवा दिने समेत वताए । ‘हामीले हरेक दिन जनताले बैकिङ्ग सेवा लिन सकुन् भन्ने हिसावले वैक सञ्चालन गरिरहेका छौ ’ वैक संस्थाहरुले भने ।
वैकिङ्ग संस्थाका प्रतिनिधिहरुले उपमहानगरपालिकालाई आवश्यक राहत सहयोग समेत गर्ने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार