दिपक वली
घोराही : कोरोना संक्रमनको जोखिम कम गर्न दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अटोमेटिक स्यानेटाईजीगं टनेलको प्रयोग सुरु गरीएको छ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अटोमेटिक रुपमा मान्छेलाई सेनिटाइज गर्ने स्यानेटाईजीगं टनेल स्थापना गरीएको छ र यो टनेल स्थापना भैसकेपछि यो अस्पताल भित्र प्रबेश गर्ने हरेक सेवाग्राहिलाई यो टनेल बाट भित्र प्रबेश गर्ने र बाहिर निस्कदा छुटै बाटोको ब्यबस्था गरीएको छ ।
यो टनेल भित्र मान्छे आईसकेपछि यो टनेलको बिभिन्न ठाँउमा रहेको ६ वटा नोजलबाट शरीरभरी नै सेनिटाइज गर्ने गर्दछ । दाङका युवा बैज्ञानिक मार्सल रोकाको समुहले स्थानिय स्तरमै निर्माण गरेको यो टनेलले स्वचालित रुपमै सेजिटाइजर छर्किने काम गर्दछ । त्यस अघि बिभिन्न प्राबिधिक सामग्रि र उपकरण बनाएर युवा बैज्ञानिकका रुपमा चिनिएका मार्सल रोकाले तयार पारेको यो टनेल सुरक्षित हुनुका साथै करीव २ लाखको लागतमा तयार गर्न सकिन्छ ।
रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजिले प्रतिष्ठालाई यो टनेल निशुल्क जडान गरीदिएको संस्थाका संचालक रबिन पोख्रेलले बताए । कोरोनाको जोखिम कम गर्न सहयो गर्ने हिसाबले यो टनेल निर्मा गरीएको पनि उनले बताए कुनै ब्यक्ति टनेल भित्र पुग्ने बित्तिकै सेन्सरले थाहा पाउछ र सेनिटाइजर छर्किन्छ ।
१० फिट लम्बाइ,६ फिट चौडाई र ८ फिट उचाइको टनेल पहिलो पटक राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रयोग गरीएको र यसमा प्रयोग हुने सेनिटाइजर झोल बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार गरीएको युवा बैज्ञानिक मार्सल रोकाले बताए । उक्त मेसिनले एक ब्यक्ति बराबर ५० देखि ७० मिलिलिटर सेनिटाइजर छर्कने र दैनिक एक मानिस प्रबेश गरेमा ८६ लिटर खपत गर्ने पनि बैज्ञानिक रोकाले बताए ।
टनेलमा एक लिटर क्षमताको ट्याङ्कि जडान गरेर राखिएको छ । सेनिटाइजरको सबै मापदण्ड जाँच गरेर मात्र प्रयोग गरीएको प्रतिष्ठानका कायम मुकाय रजिस्टार कैलाश प्रशाद देवले बताए । यस्तै कोरोनाको संक्रमनको लागि प्रयोगशाला तयार भैसकेको र अबको १ हप्तामा उपकरण जडान हुने र त्यस लगतै सेवा सुरु हुने पनि प्रतिष्ठानले जनाएको छ ।