नेपालमा कोरोना संक्रमितको संख्या १६ स्वास्थ्य मन्त्रालयको पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २ गते मङ्गलवार

काठमाडौं, २ वैशाख : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ । राजधानीको पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १६ पुगेको हो ।

बेलायतबाट आएका एकै परिवारका तीन जनामा बैशाख १ गते आरडीटी, र्‍यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण गर्दा २ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देकोटाले उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिए ।

कोरोना संक्रमित मध्ये कैलालीमा ५, वीरगञ्जमा ४, बागलुङमा २ जनाको उपचार भइरहेको छ ।यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा २ र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ । एकजना उपचारपछि घर फर्किसकेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार सरकारले परीक्षणको दायर फराकिलो बनाएको छ । अहिलेसम्म स्वाव नमुना परीक्षण पिसिआर विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ । त्यसैगरी र्‍यापिड डाइग्नोष्टिक विधि आरडिटीबाट ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् । अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार