राप्ती बबई क्याम्पसमा अनलाईनबाटै कक्षा सञ्चालन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १ गते सोमवार

तुलसीपुर, राप्ती बबई क्याम्पस तुलसीपुरमा सोमबारदेखि अनलाईन कक्षा सञ्चालन गरिएको छ । लकडाउनका कारण झण्डै ३ हप्तादेखि कक्षा सञ्चालन नभएको राप्ती बबई क्याम्पसमा भिडियो अनलाईन मार्फत कक्षा सञ्चालन गरिएको सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्माले जानकारी दिए । प्रबिधिको अधिक्तम प्रयोग गरि स्नातकोत्तर कक्षा सञ्चालन गरिएको हो । पहिलो दिन नेतृत्व विकास सम्बन्धि प्रशिक्षण सन्दीप भुषालले गरेका थिए ।
प्रशिक्षण उद्घाटन क्याम्पस प्रमुख युवराज रावतको अध्यक्षता एबम क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यमा भएको हो । अध्यक्ष देवकोटाले उद्घाटन सत्रमा बोल्दै यस क्याम्पसका सबै बिद्यार्थीहरुको पहँुच सम्म अनलाईन कक्षा पुग्न सके राम्रो हुने बताए ।
त्यस्तै,राप्ती बबई क्याम्पस प्राध्यापक संघका अध्यक्ष महेश आचार्य,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत,राप्ती बबई क्याम्पस सञ्चालक समितिका सदस्य मोहन भण्डारी,नेपाल जेसीजका प्रशिक्षकद्धय संन्दीप भुषाल,राज्य लक्ष्मी बैदार,स्नातकोत्तरका बिद्यार्थी पुष्कर शर्मा मज्गैया लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सहायक क्पाम्पस प्रमुख भुपबहादुर बुढाथोकीले गरेका थिए, भने सहजिकरण सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार