अमुवामा पिउने पानीको समस्या, ९ सय मिटर नयाँ पाईप विस्तार

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १ गते सोमवार

शान्तिनगर, शान्तिनगर २ अमुवामा खानेपानीको अभाव भएपछि विभिन्न ब्यक्तिहरुले ९ सय मिटर पाईप सहयोग गरेका छन् । बाघमारे खानेपानी स्किम ५ अन्र्तगतको खानेपानी मुहान सुकेको कारणले खानेपानी अभाव भएको बेला वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डांगी, वडा सदस्य हरिभक्त वली र समाजसेवी डम्बर रानाले सहयोग गरेको ५० एम.एमको ४ सय मिटर र ४० एम.एमको ५ सय मिटर पाईप नयाँबाट विस्तार गरि खानेपानीको सहज भएको छ ।

खानेपानी समितीका अध्यक्ष डिल्ली बहादुर वली सचिव दिनेश केसी ,स्थानिय समाजसेबी लक्ष्मण केसी, ठाकुर केसी, समाज सुधार युवा क्बलका अध्यक्ष दिल बहादुर परियारको सहभागीतामा खानेपानी लाईन संचालन गरि पानीको सहज भएको स्थानिय अब्दुल सप्तार मियाँले बताए । उक्त गाउँमा करिब साढे ३ सय घरपरिवार छन् ।

अन्य समयमा भन्दा हिउँदको समयमा खानेपानीको समस्या हुदै आएको उनले बताए । खानेपानीको मुहान सानो र उपभोक्ताहरु धेरै केहि दिन अघि ३ दिन सम्म धारामा पानी नआउँदा खानेपानीबाट बञ्चित भएको उनले बताए । अहिले नयाँ पाईप विस्तार भएपछि अहिले सहज भएको खानेपानी समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार