
तुलसीपुर ,३० चैत : मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कोरोना भाईरस संक्रमण(कोभिड १९)का लागि लागु गरिएको लकडाउनका कारण दैनिक चलाउन नसक्ने अबस्थामा पुगेका परिवारलाई राहत उपलब्ध गराएको छ । शान्ति समाजले साँढे २३ हजार मूल्य बराबरको चामल,दाल लगायतका दैनिक उपभोग्य बस्तु तुलसीपुर उपमहानगरपालिकाकालाई उपलब्ध गराएको हो ।
तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल लगायतले साँढे १३ हजार मूल्य बराबरको चामल समेत शान्ति समाजलाई सहयोग गरेका थिए । शान्ति समाजका केन्द्रिय तथा शाखा तथा शुभेच्छुकबाट प्राप्त राहत सामाग्री दैनिक श्रम गरि खाने र अति बिपन्न समूदायलाई बितरण गर्ने गरि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त राहत सामाग्री शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत र शाखा सभापति शरद रेग्मी,पुर्ब केन्द्रिय सदस्य निर्मल नेपाली,उपसभापति तुलसीराम सुनार,सचिब निर्मला योगी,सहसचिब उषा गौतम लगायतले हस्तान्तरण गरेका थिए ।
राहत सामाग्री मेयर बिपत कोषमा जम्मा गरि बितरण गरिने नगरप्रमुख घनश्याम पाण्डेले बताए। उनले स्वयसेवी संस्थाले संकट बेला गरेको राहतले ठुलो अर्थ राख्ने बताए । शान्ति समाजले बिपतका बेला देशमा परेका संकटका बखत राहत र उद्धारको कार्य गर्दै आएको छ ।