शरद रेग्मी
तुलसीपुर ३० चैत : दाङमा रगतको अभाव भएको छ । लामो समय सम्म जारी लकडाउनका कारण जिल्लामा रगतको अभाब भएको हो । यहाँका बिभिन्न अस्पतालहरुमा उपचाररत बिरामीहरुलाई तत्काल रगत चाहिने भएपछि रेडक्रसले क्रियाशिल संघ संस्थाहरुलाई अनुरोध गरेको गरेको थियो ।
आइतवार सामाजिक सञ्जाल फेसबुकमा ओ पोजेटिभ रगत आबश्यक रहेको खबर पोष्ट भए लगत्तै दाताहरुले आफै फोन गरेर आफुहरु रक्तदान गर्न ईच्छुक रहेको बताएका थिए । त्यस लगत्तै रेडक्रस दाङका प्रशासकिय अधिकृत बिश्राम अधिकारीको नेतृत्वमा घुम्ति शिबिर शुरु गरेर ब्लड कलेक्सन सुरु गरिएको थियो । प्राबिधिक टोलीले दाताहरुको घर घरमा पुगेर रगत शंकलन गरेको थियो ।
लकडाउनको असहज परिस्थितिमा पनि पन्ध्र मिनेट भित्र ओ पोजोटिभ रगत दिएर मानबिय सेवा गरेका छन् । रक्तदान गर्नहरुमा तुलसीपुर उदोग वाणिज्य संघका पूर्वध्यक्ष बिमल रिजाल, माछापुच्छ्रे बैक
तुलसीपुरका प्रबन्धक सुरज वली त्यसैगरी तुलसीपुरका सुरज रायमाझी, प्रबिण अधिकारी, भिगर केसी, दिनेश पाण्डे , प्रकाश तिमिल्सिना र रिसब रिजालले रक्तदान गरेका हुन् ।
त्यसैगरी जिल्लामा देखिएको रगत अभाबलाई कम गर्न बैशाख १ गते बिहान ७ बजे बिभिन्न सघं सस्थाहरुले तुलसीपुर स्थित कालिका देबि रक्त सञ्चार सेवामा रक्तदान कार्यक्रम तय गरिएकोमा ईच्छुक सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
रिपोटर्स क्लब दाङको समन्वयमा तुलसीपुर उद्योग बाणिज्य संघ,रोट्रयाक्ट क्लब, तुलसीपुर नगर जेसिज,लायन्स र रोटरी क्लबले ब्लड सकंलनका लागि सामुहिक रुपमा भुमिका खेलेका थिए ।
आइतबार घुम्ति शिबिर तुलसीपुर बसपार्क, रक्षाचौर, विजौरीमा सञ्चालन गरिएको थियो भन, शिविरका लागि तिर्थ शर्माले गाडी सौजन्य गरेका थिए ।