एनएवीपि नर्वेको आर्थिक सहयोगबाट राहत हस्तान्तरण

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ३० गते आइतवार

तुलसीपुर ,३० चैत : नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले स्थानीय निकायहरूलाई खाद्यान हस्तान्तरण गरेकोछ ।

एनएविपि नर्वेको सहयोगमा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल अन्तर्गत, तुलसीपुर उपमहानगरपालिका ,घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा राहत स्वरूप खाद्यान शनिवार हस्तान्तरण गरिएको संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले जानकारी दिएका छन् ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सुरक्षीत रहनका लागि नेपाल सरकारले लकडाउनगर्नु परेको बाध्यात्मक परिस्थितीका कारण दैनिक ज्यालादारी तथा मजदुरगरि खाने परिवारहरुलाई दैनिक छाक टार्न निकै कठिन परेको अवस्थामा नेपाल सरकारले लक्षित बर्गको तथ्याङ्क संकलन गरी राहत वितरण गर्ने निती बमोजिम नेपाल सरकारको उक्त नितीलाई सहयोग पुर्याउनका लागि एनएविपि नर्वेको सहयोगमा अस्पतालहरूले सम्वन्धित स्थानीय पालिकामा राहत हस्तान्तरण गरेको एनएविपि नेपालका प्रतिनिधि हरिशरण विष्टले जानकारी दिए ।

राप्ती आँखा अस्पताल मार्फत तुलसीपुर उपमहानगरपालिकामा चामल ७५० किलो ,दाल १८० किलो , तेल ५० लिटर, नुन १०० पोका, चिनि ५० किलो , सावुन १४४ पिस गरि करिब ७१ हजार बराबरको खाद्यान उपमहानगरपालिका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको सोहि परिमाणाको राहत सामग्री घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीलाई हस्तान्तरण गरीएको छ ।

त्यसैगरी लमही आँखा अस्पताल मार्फत लमही नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काले जानकारी दिए । नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको चामल ७ सय किलो , दाल १ सय किलो, तेल ६० लिटर, चिनी २५ किलो , कपडा धुने साबुन १०० पिस, नुहाउने साबुन १ सय ४४ पिस र नुन ५० किलो हस्तान्तरण गरेको हो ।

लमही नगरपालिका लमही नगरपालिका मेयर कुलबहादुर केसी उपमेयर देवका बेल्वासेलाई खाद्यान्न हस्तान्तरण गरेको थियो । तुलसीपुरमा संघका सभापति कृष्णकुमार गिरी,सचिव सुरेन्द्र खड्का, सहसचिव चिरञ्जीवी रिजाल, अस्पतालका मे.सु, डा सुरेश रसाइली ,प्रशासक किरण पौडेल, नेत्रअधिकृत शालिकराम गौतम सहितको टोलीले हस्तान्तरण गरेको थियो ।

घोराहीमा गिरी ,खड्का र कोषाध्यक्ष श्यामप्रकास आचार्य र लमहीमा उपसभापति रेशमबहादुर खड्का ,सहकोषाध्यक्ष घनश्याम सुवेदी ,सदस्य तिलक बहादुर केसी र वरिष्ठ प्रशासकीय अधिकृत सम्शेर थापा सहितको टोलीले राहत हस्तान्तरण गरेको थियो ।

https://www.youtube.com/watch?v=jRUSjKlbwdo

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार