सुरक्षाकर्मी नागरिकको सुरक्षामा खटिएको भन्दै किसानले दिए १६० लिटर दुध

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २९ गते शनिवार

तुलसीपुर ,२९ चैत : कोभिड १९ को संक्रमणबाट सर्तकता अपनाउन रातदिन खटिने सुरक्षाकर्मीलाई तुलसीपुरका किसानले दुध उत्पादन उपलब्ध गराएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई १ सय १० लिटर र शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर दुध उपलब्ध गराएको राष्ट्रिय पशुपालक दुग्ध उत्पादन समाज नगरकमिटि तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले जानकारी दिए ।

नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले लकडाउनलाई पुूर्णरुपमा पालना गराउन खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै उनीहरुको मनोवल बढाउन दुध उपब्ध गराएको उनले बताए ।

तुलसीपुरमा १६ बढी दुध उत्पादक किसानहरु संगठीत भएका छन् । सुरक्षाकर्मीका लागि तुलसीपुर उपमहानगपालिकाका प्रमुख घनश्याम पाण्डे मार्फत दुग्ध उत्पादक नगर कमिटि अध्यक्ष डाँगीले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार