अमेरिकामा बस्ने तुलसीपुरका रेग्मी परिवारले खाद्यान्न सहयोग

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २९ गते शनिवार

शरद रेग्मी
तुलसीपुर , २९ चैत :
लकडाउनका कारण भोकभोकै बस्न बाध्य भयका अतिविपन्न परिवारलाई तुलसीपुर १६ लालपुरका रेग्मी परिवारले खाद्यान्न सहयोग गरेका छन ।

तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्न वितरणका लागि बनाएको फुड बैकमा हाल अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी, सन्तोष रेग्मी र अवनिश रेग्मी तथा हाल तुलसीपुर ५ निवासी पत्रकार चेतन रेग्मीले शनिबार उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेलाई खाद्यान्न समाग्री हस्तान्तरण गरेका हुन् ।

रिपोर्टर्स क्लब दाङको सहकार्यमा उपलब्ध खाद्यान्न सामाग्री क्लबका अध्यक्ष शरद रेग्मी र सहयोगी पत्रकार चेतन रेग्मीले संयुक्त रुपमा नगर प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका हुन् । स्थानीय प्रशासनले एकद्धार प्रणालीबाट खाद्यान बितरण गर्ने योजाना अघी सारे संगै नगर भित्र रहेका अतीबिपन्न ५० घर परीवारलाई १२ सय ५० किलो चामल, १ सय किलो दाल र ५० किलो नुन सहयोग गरिएको हो ।

खाद्यान्न अभावमा कोही पनि भोकै बस्न नपरोस् भनेर हामी आफैले पैसा उठाएर सहयोग गरेका हौं अमेरिकामा बस्दै आएकी शर्मिला भनिन् । यहाँ हामी पनी घरभित्रै बसिरहेका छौ । आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार