शरद रेग्मी
तुलसीपुर , २९ चैत : तुलसीपुरमा स्थानिय सरकार र प्रशासनको समन्वयमा नयाँ बर्षको अबसरमा आइतबार देखि तुलसी पुरक्षेत्रका अति आबश्यक खाद्यान्नका पसलहरु प्रत्येक दिन विहान ६ बजे देखी बिहान ९ बजे सम्म खुल्ला रहने निर्णय गरिएको छ । शुक्रबार तुलसीपुर क्षेत्रमा सर्बसाधारणहरुको अत्यधिक भिड देखिए भएपछि स्थानिय प्रसासनले तत्काल नियन्त्रण गर्न ब्यापक रुपमा प्रहरी परिचालन गरेको थियो ।
जिल्ला प्रशान कार्यालय, तुलसिपुर उद्योग बाणिज्य संंघको समन्वयमा तुलसीपुर क्षेत्रका अति आबश्यक खाधान्नका पसलहरु सन्चालनमा आउने जानकारी गराईएको छ । यता स्थानिय प्रसाशनले नागरिकहरुलाई अति आबश्यक काम बाहेक घर बाहिर ननिस्कन बारम्बार अपिल गरेको छ ।कुनै कारण बस अति आबश्यक काम परेको खण्डमा स्थानिय प्रहरीसगंको समन्वयमा मात्रै बाहिर निस्कन अपिल गरेको छ ।
यता तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतले सामाजिक दुरि कायम
गर्दै सर्बसाधारणहरुलाई किन मेल गर्न अपिल गरे । लकडाउनको समय लम्बिनसक्ने भन्दै अध्यक्ष रावतले उपभोक्तालाई सहज हुने गरि ब्यबसायिहरुले बिषम परिस्थितिको सामना गर्नुपर्ने बताए ।