गढवा गाउँपालिकाले राहत वितरण सुुरु गर्दै

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २७ गते बिहिवार


गढवा, २७ चैत : दाङको गढवा गाउँपालिकाले कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनका कारण छाक टार्न समस्या भएका बिपन्न तथा मजदुुर घरपरिवारको वडागत डाटा संकलन गरि राहत वितरणको कार्य सुुरु गरेको अध्यक्ष सहजराम यादवले जानकारी दिए ।


जसअनुुसार गढवाको वडा नं. १ मा ६ सय २१ जना, वडा नं २ मा २ सय २० जना,वडा नं. ३ मा ३ सय ३४ जना, वडा नं ४ मा ३ सय ४९ जना, वडा नं ६मा ४ सय १४ जना,वडा नं. ७ मा २ सय १७ जना र वडा नं. ८ कोइलाबासका नाका क्षेत्रहरुमा १ सय ८८जना नागरिकहरुलाई खाद्यान्न राहत दिने डाटा संकलन भएको गाउँपालिकाका सुुचना अधिकृत सञ्जीत पौडेलले जानकारी दिए ।

वडा नं. ५ को भने तथ्यांक संकलन गरिदै रहेको वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । वितरण गरिने राहतमा प्रति घरधुुरी २५ किलो चामल,२ किलो दाल,२ लिटर तेल र १ पोका नूून रहेको बताइएको छ ।

यसैबिच गढवा गाउँपखलिकाको वडा नं. २ ले बिहिवार देखि राहत वितरण सुुरु गरेको वडा अध्यक्ष भक्तुु चौधरीले जानकारी दिए र शुुक्रवारदेखि वडा नं. ६ ले पनि राहत वितरण गर्ने पुुर्वतयारी पुुरा भएको वडा अध्यक्ष बालचन्द्र ठकूूरी हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार