दाङ, नेपाल पत्रकार महासंघ दाङ शाखाले समस्यामा परेका सञ्चारकर्मीलाई पनि राहात उपलब्ध गराउन माग गरेको छ । लामो लकडाउनका कारण श्रमजीबी सञ्चारकर्मीको जीवन यापनमा समस्या परेको हुन सक्ने भन्दै महासंघले त्यस्तालाई राहात उपलब्ध गराउन सम्बन्धित निकाएको ध्यानाकर्षण गराएको छ ।
साथै संघले दैनिक जीवीकोपार्जन प्रभावित हुने अवस्था आएमा तत्काल जानकारी दिन महासंघले आग्रह पनि गरेको छ । अप्ठेरोमा परेका सञ्चारकर्मीलाई राहातका कार्यक्रम उपलब्ध गराइने महासंघले अवगत गराएको छ ।
महासंघका शाखा अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले एक विज्ञप्ति मार्फत अग्रपंक्तिमा खटिएर काम गर्नुपर्ने भएको हुँदा सुरक्षित विधि अपनाएर मात्रै काम गर्न पनि आग्रह गरेका छन् ।
संकटको बेला पनि आफु सुरक्षित रही जनतालाई निष्पक्ष, विवादरहित र सही सुचना प्रवाह गरेर संकट निवारणमा योगदान पुर्याउन आम सञ्चारकर्मीहरुमा हार्दिक अपिल गर्दछौुं, विज्ञप्तीमा भनिएको छ ।