तिर्थराज ज्ञवाली
देउखुरी दाङ, २६ चैत : विश्व ब्यापी कोरना कहर बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले आफ्ना नागरिककको सुरक्षाका लागि थप योजना कार्यान्वय गर्ने निर्णय संगै गाउँपालिकाको अभियानमा राहत रकम जम्मा गर्ने कार्य सुरु गरेका छन् ।
बुधवार राप्ती गाउँपालिका स्तरिय प्याप्सन तथा एन प्याप्सनमा आवद्ध सम्पुर्ण संस्थागत विद्यालयको तर्फवाट कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरि ६१ हजार १ सय ११ रुपैया राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई हरुतान्तरण गरिएको छ ।
प्याप्सन राप्ती गाउँपालिका संयोजक तेज बहादुर विष्ट तथा एन प्याप्सन दाङ जिल्ला सह सचिव विक्रान्त ज्ञवालीले विपन्न वर्गको दैनिक जिवीको पार्जनमा सहयोग पुग्ने गरि राहत रकम हस्तान्तरण गरेका हुन् ।
राहत रकम बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले स्थानिय सरकारले विश्व ब्यापी महामारी कोरना भाईरसको संक्रमण रोकथाममा नागरिकलाई लकडाउनमा बस्न आब्हान गरिरहेको र समुदायमा असहाय, अपाङ्ग, असक्त, गरिव विपन्न र दैनिक ज्यालादारी गरि जिवन यापन गर्ने परिवारलाई सक्दो राहत सामाग्री दिदै आएकोमा प्याप्सन तथा एन प्याप्सनमा आवद्ध सम्पुर्ण संस्थागत विद्यालयको तर्फवाट राहत रकम प्रदान गरेकोमा गाउँपालिकाको तर्फवाट धन्यवाद दिए ।
त्यसैगरी उनले स्थानिय सरकारले नागरिकलाई भोकै नराख्ने तर सरकारको आब्हान लकडाउन मान्न र रोगको प्रकोप बाट आफुपनि बच्दै अरुलाई पनि बचाउन समेत सबै विद्यार्थी, अभिभावकलाई आब्हान गर्न समेत प्याप्सन तथा एन प्याप्सनमा आवद्ध सम्पुर्ण संस्थागत विद्यालयहरुलाई अनुरोध गरे । गाउँपालिकाकाले लकडाउनको कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्यका लागि विपन्न परिवार छनौट कार्य समेत सुरु गरिएको जनाएको छ ।