स्वास्थ्यकर्मी सुरक्षाका लागि पिपिई हस्तान्त्रण

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार

तुलसीपुर, २५ चैत । रोटरी क्लब अफ तुलसीपुर सिटिले बिषम परिस्थितिमा स्वास्थ्यकर्मी हरुको सुरक्षाका लागी आबश्यक पर्ने सामाग्री हस्तान्त्रण गरेको छ।
कोरोनाले मुलुकलाई आक्रान्त पारिरहेको परिबेशमा शकांस्पद बिरामी र पहिचान भैसकेका बिरामीको उपचार गर्दा चिकित्सक एंव स्वास्थ्यकर्मीलाई अति आबश्यक पर्ने पर्सनल प्रोटेक्टिब ईक्युबमेन्ट (पिपई) उपलब्ध गराएको हो ।

रोटरी डिष्ट्रिकबाट उपलब्ध स्तरिय क्वालिटिका पन्ध्र थान पिपिई जिल्ला बिपद् कोष र स्थानिय सरकार प्रमुख तुलसीपुर उपमहानगरपालिकालाई मंगलवार हस्तान्त्रण गरिएको हो ।
प्रमुख जिल्ला अधिकार िगोबिन्द प्रसाद रिजाल ,र मेयर घनश्याम पाण्डेलाई रोटरी क्लबका अध्यक्ष देबबदादुर केसीले हस्तान्त्रण गरेका थिए ।
सो अबसरमा क्लबका पूर्ब अध्यक्षहरु,तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार