सोनापुर मिनरल्सद्धारा ७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार


शरद रेग्मी
दाङ, २५ चैत :
स्वास्थ्यकर्मिहरुलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन दाङको दुधरासमा रहेको सोनापुर मिनरल्स अण्ड आएल प्रालिले पिपिई सहयोग गरेको छ ।
मगलबार जिल्ला बिपद्ध उद्धार समितिका सयोजक एवम प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाललाई कंम्पनिका महाप्रबन्धक हरि पाठकले एक सय थान स्वास्थ्य सामाग्री हस्तान्त्रण गरे ।
स्वास्थ्यकर्मिहरुल्ले एकपटक प्रयोग गरिसकेपछि पुन स् प्रयोग गर्न मिल्ने करिब सात लाख बराबरको पिपिई सेट सहितको सामाग्री दाङ जिल्लाका स्वास्थ्यकर्मि र चिकित्सकहरुको प्रयोगका लागि उपलब्ध गराएको हो ।
सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक पाठकका अनुसार यसै साता स्थानिय उद्योग बाणिज्य संघहरु मार्फत एकहजार थान मास्क उपलब्ध गराउने समेत बताए ।


कोरोना भाईरसको नियन्त्ररण र सत्रर्कता अपनाउनका लागि कम्पनिले आफ्नो उत्पादन समेत बन्द गरेको छ ।

उद्योग बन्द भएपछि मजदुरहरुलाई कम्पनि भित्रै लकडाउन गरिएको समेत महाप्रबन्धक पाठकले बताए। कंम्पनिले सामाजिक उत्तरदायित्व बहन गल्दै यस अघि पनि बिभिन्न आपत बिपदको समयमा जिल्लाबासिहरुलाई महत्वपुर्ण सगयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार