आगामी दुई साता थप चुनौतीपूर्ण हुन सक्छ : प्रधानमन्त्री ओली

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् । उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताए । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाए ।

प्रधानमन्त्री ओलीले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् । उनले चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार