देशभरका १० स्थानबाट कोरोनाको नमुना परीक्षण सुरु

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २४ गते सोमवार

काठमाडौं, २४ चैत : सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाले काठमाडौं उपत्यकामा १२ सहित मुलकभर १ सय ७ जना आइसोलेसनमा रहेका जानकारी दिए । देवकोटाका अनुसार अहिले देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार