कोरोना भाईरसको संक्रमण हुन नदिन टोलबासीले सर्तकता अपनाउन शुरु

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २४ गते सोमवार

तुलसीपुर,२४ चैत : कोरोना भाईरसको संक्रमण हुन नदिन टोलबासीले सर्तकता अपनाउन शुरु गरेका छन् । परिवारका सदस्यहरुले मात्र सर्तकता अपनाएर कोरोना भाईरस संक्रमणबाट बँच्न र बँचाउन नसकिने भएकाले टोल समाजमा पनि सर्तकता अपनाउनुपर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ शिखरकोलनीका कोषाध्यक्ष बिश्व गौतमले बताए ।

टोलमा कोरोना संक्रमण हुन नदिन र किटानुलाई मार्न शिखरकोलनीले किटनाषक छर्कन शुरु गरेको टोल बिकास संस्थाका अध्यक्ष अर्जुन भण्डारीले बताए । उपमहानगरपालिकाले आईतबार तरकारी बजार क्षेत्र,बसपार्क र राप्ती प्रादेशीक अस्पताल,मासु बजार लगायतमा बिषाधी छर्कन शुरु गरेपछि टोलबासीले पनि उक्त बिषाधी माग गरि छर्कन शुरु गरेका हुन ।

किटनाषक छर्कदा कोरोना भाईरस संक्रमणबाट बँच्न अपनाउनुपर्ने सर्तकता समेत अपनाईएको शिखरटोल बिकास संस्थाका पूर्ब कोषाध्यक्ष राजीव वलीले बताए । कोरोनाको कहरमात्र होईन लामखुट्टेको टोकाई बाट सर्न सक्ने अन्य रोगबाट बँच्न सकिने उनले बताए ।

२ सय ५० घरधुरी रहेको शिखर कोलनीले पटक पटक किटनाषक छर्कने लीलामणी चौधरीले बताए । गर्मी महिना बढदै जादा अन्य रोग पनि लाग्न सक्ने भएकाले समयमै सर्तकता अपनाउनुपर्ने शिखरकोलनी टोलबिकास संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार