केहिथान असहमति – कबिता

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २३ गते आइतवार

२३ चैत घोराही । 

हिरा सुनार “सारथी”

घोराही दाङ्ग!

सुरामा मातियर
गाउँ भन्नूस बरु रत्तेउली
भलै गाई दिउला
भोड्का हरुले लठ्ठीयर
नाच भन्नुस बरु,रोधिमा
भलै नाची दिउला
बजाउ भन्नुस बरु भजनका तालहरु
जानी नजानि बजाइ दिउला!

हिड भन्नुस बरु हिड्दै नहिडेको बाटो
चढ भन्नूस बरु देख्दै नदेखेको पहाड
गर भन्नूस बरु गर्दै नगरेको सिकार
तर भन्नूस बरु जाँदै नगएको सागर
यी सबै कोसिस गरुला.
कुनै नाइनास्ति हुने छैन !

उर्दि जारी गर्नुस बरु
महिनौ घर बाहिर ननिक्लीन
त्यस मा कुनै प्रस्न खडा गरिने छैन
जे छ जस्तो छ भोकौला
जस्तो सुकै गरेर काटौला दिन रात
निक्लै खाउला या तिउन सङ्ग
त्यो जिम्मा तपाइको भागबाट हटाउनुस
र हाम्रा जिम्मा लगाइदिनुस
सके बाचौला ,नसके मरौला
कुनै जाहेरी दिइने छैन
अदालत मा तपाईं बिरुद्द
कुनै असहमति हुने छैन तपाईं सङ्ग
किन कि
बाहिर महामारी चलिरहेको छ!

तर ..
महोदय
म सङ्ग केही थान असमती भने पक्कै छ्न
जस्तो कि!
रुप्पे कामायर
जाइन केराटि पाल्ने सपना लिएका
लाहुरेहरु ,लाहुरे सङ्गै
पछिपछी कालापार हिडेका
लाहुरे का जहान बच्चाहरु
चलिरहेको महामारी बाट बच्न
मरे आफ्नै माटोमा मर्ने इच्छा लिएर
देश फिर्दै गर्दा
बाउडर पारी अलपत्र परेको खबर छ
उनिहरु राजा नभएको मौरीजस्तै
भौतारिएको समाचार देखाइ रहेछ
टेलिभिजनले
के यो साचो हो?

सुन्नमा आएको छ
अर्को दुखद खबर
मृत्यु स्वीकार गरेर महाकाली मा हामफालेको
एउटा बहादुर कालिपारे
छिचोल्दै नदिको बेगलाइ
टेक्यो रे आफ्नो देसको जमिन
बच्यो रे सहिद हुनबाट
उसलाइ फुलमालाको सट्टामा
लाठीले स्वागत गरियो रे
बुट बजारियो रे त्यो बहादुर कालिपारेको छातिमा
के यो साचो हो?

अझै अर्को अपृय सामाचार पनि
बजेको थियो ,एफएम मा
लेख्नै डर लाग्ने
सुन्दै घिन लाग्ने
पत्यारै नलाग्ने
पचाउनै कठिन हुने
बिपत्ति विरुद्ध लडाइ लड्दा खाचो पर्ने
हतियार हरु आयात गर्न उडेको जहाज
कमिसन भरेर अवरण भयो रे
देश भरी यस्तै अपृय हल्ला छ
के यो हल्ला साचो?

समाचार हरु
जोड तोत ले बजिरहेका छ्न
कुन अखबारमा छर छापिन बाकी
जताततै छापिएको छ
महामारीको को त्रास भन्दा हजार गुणा
आफ्नै भनिएको मन्त्री मन्डल सङ्ग त्रशीत छ देस
मनहरु असान्त ,बिचलित भै रहेछ्न
र पर्खिरहेका छन सत्य खबर..

यदि सुनियका खबरहरु
साचो हुन भने
चलिरहेको हल्ला सत्य हुन भने
आफ्नै मन्त्री मन्ड्ल का विरुद्ध
काला झणडा हरु उठ्ने पक्का छ
जुलुसहरु निक्लिन कुनै आइतबार
कुर्नु पर्ने देखिदैन
न त कुनै अपिल गर्नु पर्ने देखिन्छ बिद्रोहको
स्वस्फूर्त लाम लाग्ने देखिन्छ सचेत मान्छेहरु
धुनी बल्ने खतरा छ
मुर्दा घाटामा जस्तै सडकमा बिद्रोहको
तातिने ने छ सड्क हजारौं डिग्रीमा
जहाँ गुड्न सक्ने छैन
साइरन बजाइ स्विकिने तिम्रा भ्यान हरु पनि

खबरदारी
,जुलुसमा सामेल भए बाफत
नारा लाए बाफत
जुलुस मा झन्डा उठाए बाफत
साङ्लाले बाधिन्छ्न भने मेरा हातहरु
सत्य ओकल्दा
जारी गरिन्छ भने पक्राउ पुर्जी
कुनै असहमति हुने छैन मेरो
स्वीकार्य छ ती सबै सबै दफा र फरमाणहरु
किन कि मलाइ
भोकाहरुको पक्षमा बोल्ने बानी लागि सक्यो
असत्यका विपक्ष मा उभिने आदत भै सक्यो!
धन्यवाद !!
०७६,चैत्र २३
घोराही दाङ्ग!

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार