तुलसीपुर, तुलसीपुर उपमहानरपालिकाले कोरोना भाइरसलाई बच्नको लागी उपमहानगरपालिकाले विभिन्न ठाउँमा भाइरसनासक औषधी छर्केको छ । कोरोना भाइरसको संक्रमण कम गर्नका लागि उपमहानगरपालिकाले पहिलो चरणमा बढि भिडभाड हुने क्षेत्रमा औषधी छर्किरहेको नगरप्रवक्ता सुर्यवहादुर डाँगीले बताए ।
आइतवार तुलसीपुर स्थीत तरकारी बजार, राप्ती प्रादेशिक अस्पताल लगाएतका ठाउँमा औषधी छर्केको उनले बताए । त्यसैगरी बसपार्क, मासु बजार लगाएत अन्य ठाउँमा पनि छर्किने उनले बताए । रोटरी क्लव र रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीको व्यवस्थानमा उपमहानगरपालिकाले औषधी छर्कने काम गरेको हो ।
मानिसको बाक्लो बस्ती भएको र जमघट हुने बढि सम्भावना रहेका सबै क्षेत्रमा औषधी छर्कने रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष नविन राइले बताए । क्लवको तर्फबाट औषधिको व्यवस्था गरिएको उनको भनाई छ ।
यता व्यवसायीहरुको संस्था तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कोरोना विपद कोषमा सहयोग गरेको छ । संघको तर्फबाट अध्यक्ष विरवहादुर रावत विरुले उपमहानगरपालिकालाई नगद र जिन्सी गरेर ५ लाख, ५५ हजार ५ सय ५५ सहयोग गरे ।
उपमहानगरपालिकाले थालेको अभियानमा सहयोग गर्नु व्यवसायीहरुको दायित्व र कर्तव्य भएको भन्दै सहयोग गरिएको उनले बताए ।
संघका तर्फबाट नगदका साथै क्वारेन्टाइनका लागि वेड, तेल,सावुन लगायतको सहयोग गरिएको महासचिव उहाँले बताए । त्यसैगरी आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।