निर्मल न्यौपाने
शान्तिनगर, २३ चैत : शान्तिनगर २ अमुवाका ९४ घरपरिवारलाई आइतवार राहत वितरण गरिएको छ । दाङको तुलसीपुर ५ मा रहेको रुवि स्टोरले राहत वितरण गरेको हो । वडाध्यक्ष फर्साराम डाँगी, स्टोरका संचालक एम रहिमान लगाएतको उपस्थितीमा प्रति परिवार १० किलो चामल, ५ किलो आटा, २ किलो दाल, १ किलो सोयाविन, तेल १ लिटर र नुन १ किलो प्रदान गरेको स्टोर संचालक रहिमानले बताए ।
गाउँपालिका र वडाको समन्वयमा अमुवाका ९४ घरपरिवारलाई करिब डेढ लाख बराबरको राहत वितरण गरेको उनले बताए । अहिले लकडाउनको बेलामा कुनै पनि मानिसहरु भोक भोक मर्न नपरोस भनेर आफुले रातह वितरण गरेको उनले बताए ।
त्यसैगरी उनले कोरोनाबाट बच्नको लागी सबैले साबधानी अपनाउनु पर्ने भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्न समेत आग्रह गरे । त्यसैगरी केही दिन अगाडी तुलसीपुरमा रहेको आरजु स्टोरले पनि तुलसीपुर उपमहानरपालिकाका वडा न.५,६,९ र १२ मा करिब २ सय घर परिवारलाई राहत वितरण गरेको उनले बताए ।
यता शान्तिनगर गाउँपालिकाले पनि दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारहरुलाई पनि राहत दिन लागेको वडाध्यक्ष फर्साराम डाँगीले बताए । त्यसैगरी गाउँपालिकाले सोमबारदेखी गाउँपालिका स्तरिय राहत दिन लागेको उनले बताए । प्रति परिवारलाई २५ किलो चालम दाल, नुन दिने योजना रहेको उनले बताए । त्यसैगरी विपत ब्यवस्थापन राहत कोष अन्र्तगत समिती अनुसार नै वितरण गर्ने उनले बताए ।