
प्रकाश केसी
तुलसीपुर, २३ चैत : तुलसीपुर उपमहानरपालिका वडा नम्बर ६ मा भारत र तेस्रो मुलकबाट १६ जना आएको तथ्यांक प्राप्त भएको भन्दै वडाध्यक्ष नबराज लामिछानेले यदि क्वारेन्टाइनमा नबसको भए बसिदिन उनले आग्रह गरेका छन् ।
अहिले सम्म तुलसीपुर उपमहानरपालिका भारत तथा तेस्रो मुलकबाट ३१५ जना आएको र ति मध्य १० जना मात्र क्वारेन्टाइनमा बसेको पाएकाले अरु बाकीहरुलाई पनि क्वारेन्टाइनमा बसीदिन उनले आग्रह गरेका छन् । कोरोना भाइरसले विश्वभर महामारीको रुपमा लिईरहेको बेला बाहिरबाट आएका ब्यक्तिहरु क्वारेन्टाइनमा नबसेको पाएकाले बाहिरबाट आएका ब्यक्तिहरु सुरक्षित ढंगले बसीदिन उनले आग्रह गरे ।

त्यसैगरी वडाध्यक्ष लामिछानेले वडा नम्बर ६ ले अतिविपन्न ४ सय भन्दा बढि घरपरिवारलाई राहत वितरण गरेको बताए । राहत वितरण अझै पनि जारी रहेको र कसैले डब्बल राहत नलिदिन हुन आग्रह गरे । त्यसैगरी उनले सबै वडाबासीलाई घरमै बसी लकडाउनको पालना गरिदिन समेत आग्रह गरे । वडाले लकडाउनमा भोकमरी पर्न नदिने गरी राहत बितरणलाई थप व्यवस्थीत बनाउने समेत बताए ।
टोल विकास संस्थाहरुले सफिरिस गरि पठाएको परिवारको छानवीन तथा अनुगमन गरी राहत बितरण गरिने समेत उनले बताए । कुन घरको अवस्था कस्तो हो भन्ने बिषयमा टोल विकास संस्था नै जानकार हुने भएकाले राहत वितरण गर्दा टोल विकास संस्थाको सिफारिस अनिवार्य गरिएको हो ।
नगर स्तरिय विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका लामिछानेले लकडाउन अवस्थामा कोही भोकै मर्न नपर्ने बताए । वडाले ४ सय ६८ घर घरपरिवारलाई राहत बितरण गरिएको जनाएको छ ।
पहिलो चरणको राहत बितरणगर्दा सामान्य कमिकमजोरी भएपनि आगामी दिनमा यसलाई थप व्यवस्थीत बनाउने वडाध्यक्ष लामिछानेले बताए । वडाले दैनिक मजदुरी गर्नेहरुलाई प्राथमिकतामा राखेर राहत बितरण गरेको जनाएको छ ।