लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २२ गते शनिवार

Cabinet Meeting

काठमाडौं, २२ चैत : बालुवाटारमा वसेको मन्त्रीपरिषदको बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले शनिवार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।

शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय लिएको छैन । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने बताए । त्यसैगरी आजै मन्त्रिपरिषदको बैठको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने बताए ।

कोरोनाका थप संक्रमित भेटिएपछि सरकारले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार