बिजौरी उद्योग बाणिज्य संघले बजार अनुगमन गर्ने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २२ गते शनिवार


बिजौरी,२२ चैत : बिजौरी उद्योग बाणिज्य संघको आकस्मिक बैठक बसेको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको बैठकले संघको कार्यक्षेत्र भित्र पर्ने स्थानमा नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यलय दाङले लकडाउन गरे संगै अति आबश्यक पर्ने सामाग्री बिक्री वितरण भए नभए बारे अनुगमन गर्नका लागि एक उपसमिति गठन गरेको छ ।

संघकाअध्यक्ष योगीको संयोजकत्वमा ५ सदस्यीय बजार अनुगमन उपसमितिमा गठन गरिएको हो । जसको सदस्यहरु बालकृण्ण रेग्मी, बिदुर गौतम, रेश्मिराज खड्का र शिबराज केसी रहेका छन् ।
बैठकले जिल्ला प्रशासन कार्यलयले अनुमति दिएको अतिआबश्यक सामाग्री सहित मासु पसल पनि बिहान ६ बजे देखि ९ बजे सम्म खुलाउने निर्णय समेत गरेको छ ।


साथै यो लकडाउनको समयमा बिजौरी उद्योग बाणिज्य संघको कार्यक्षेत्र भरी व्यवसायिक भाडामा बसेका संग भाडा नलिन घरमालिक संग आग्रह समेत गरेको संंगका महासचिव बिदुर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार