विश्वमा काेरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २२ गते शनिवार

एजेन्सी

काठमाडौं , कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ।   शनिबार बिहानको तथ्यांक अनुसार विश्वभर कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, २ लाख २५ हजार ७ सय ९६ जना उपचारपछि निको भएका छन्। 

विश्वमा एकैदिन कोरोना भाइरस संक्रमण साढे ८२ हजार भन्दा बढीमा भएको पाइएको छ। यो भाइरसबाट एकैदिन करिब ६ हजारको मृत्यु भएको छ। सबैभन्दा बढी बिरामी र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ। अमेरिकामा शुक्रबार एकैदिन ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १ हजार ३ सय २० जनाको मृत्यु भएको छ।

  इटालीमा शुक्रबार थप ४ हजार ५ सय ८५ जनामा कोरोना भाइरस देखिएको छ। सोही दिन इटालीमा ७ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। स्पेनमा शुक्रबार ७ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ सय ५० जनाको मृत्यु भएको छ।

जर्मनीमा शुक्रबार ६ हजार ३ सय ६५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन जर्मनीमा कोरोना संक्रमणका कारण १ सय ६८ जनाले ज्यान गुमाएका छन्। चीनमा शुक्रबार ३१ जनामा मात्र कोरोनाको नयाँ संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ।

फ्रान्समा ५ हजार २ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन त्यहाँ १ हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

इरानमा शुक्रबार कोरोनाका कारण १ सय ३४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। बेलायतमा शुक्रबार नयाँ ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

सोही दन बेलायतमा ६ सय ८४ जनाको मृत्यु भएको छ। टर्कीमा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ६९ जनाको मृत्यु हुनुका साथै थप २ हजार ७ सय ८६ जनामा संक्रमण देखिएको छ।

स्वीट्जरल्याण्डमा शुक्रबार नयाँ ७ सय ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ। सोही दिन त्यहाँ कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार बेल्जियमा १ हजार ४ सय २२, नेदरल्याण्ड्समा १ हजार २६, क्यानाडामा १ हजार ९२, ब्राजिलमा १ हजार १ सय ५० जनामा कारोनाको संक्रमण देखिएको छ।

सोही दिन कोरोना भाइरस संक्रमणका कारण बेल्जियममा १ सय ३२, नेदरल्याण्ड्समा १ सय ४८, क्यानडामा ३५ र ब्राजिलमा ३९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार