नेपालमा कोरोना संक्रमितको संख्या बढेको छैन : स्वास्थ्य मन्त्रालय

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २१ गते शुक्रवार

काठमाडौं, २१ चैत , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको बताएको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या यथावत रहेको बताए ।

उनले पोखरामा कोरोना भाइरसको पोजेटिभ केस देखिएको भनी आएको समाचार आएको उल्लेख गर्देै निको भएको सहित गरेर जम्मा ६ वटा केस मात्रै पोजेटिभका भएको स्पष्ट पारे ।

उनले प्रदेशका विभिन्न स्थानमा नमुना परीक्षणका लागि नया मेसिनहरु राखिएकाले कुनै संकास्पद केश भएमा त्यसको पुन परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने उल्लेख गरे । उनले पछिल्लो छैठौं केसको कन्ट्रयाक्ट टेसिङ सुरु भएको पनि बताए ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा अहिले सम्म जम्मा १ हजार २ सय ७७ वटा नमुना परीक्षण भएको छ । प्रतिदिन सय भन्दा बढीका दरले टेकूमा नमुना परीक्षण गर्न थालिएको छ भने काठमाण्डौं बाहिर ७८ वटा नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार