

काठमाडौं, १९ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ हजार १४६ पुगेको छ ।

अहिलेसम्म विश्वभर ८ लाख ५८ हजार ३७१ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ७७ हजार ९३१ उपचारपछि घर फर्किएका छन् । अहिले ६ लाख ३८ हजार २९४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ३२ हजार ८९८ जना भने गम्भीर अवस्थामा छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस