
तुलसीपुर, १८ बैशाख : तुलसीपुर उपमहानगरपालिकाले संचालनमा ल्याएको क्वारेन्टाईनमा गत चैत १७ देखी बैशाख १८ गते सम्म ५२ जना क्वारेन्टाइनमा बसेको तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबर्धन शाखाले जनाएको छ ।
ति मध्य तेस्रो मुलुकबाट आएका ५ जना, भारतबाट आएका २४ जना र नेपालका विभिन्न जिल्लाबाट आएका २३ जना बसेको शाखाका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए । ति मध्य २८ जनाको आरडिटीबाट परिक्षण गर्दा रिर्पाेट नेगेटिभ आएको र १९ जनाको पिसीआरबाट परिक्षण गर्दा रिर्पाेट नेगेटिभ आएको फोकल पर्सन केसीले जानकारी दिए ।
साथै ३७ जनालाई डिस्चार्ज गरिएको थियो, भने २४ जनालाई कोरोना बिशेष अस्पातलको आइसोलेसनमा पठाईएको जनस्वास्थ्य शाखाले जनाएको छ ।