• २०७७ कार्तिक १३ गते बिहिवार

सोनापुर मिनरल्सको तर्फबाट २ सय कुई्न्टल चामल सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १८ गते बिहिवार


शरद रेग्मी
दाङ,१८ बैशाख
: दाङको दुधरासमा रहेको सोनापुर मिनरल्स प्रालिले कोरोना रोगबाट मुलुक आक्रान्त रहेको बेला जिल्ला बासीहरुलाई दोस्रो चरणमा अति बिपन्न परिवारलाई चामल हस्तान्त्रण गरेको छ । घोराही र तुलसीपुर उपमहानगरपालि र कम्पनीको खानी क्षेत्रमा रहेका बिपन्न परिवारका लागि २ सय कुईन्टल चामल सहयोग गरेको हो ।

बिहिबार एक कार्यक्रमका बिच सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले घोराहीका मेयर नरुलाल चौधरीलाई ४५ कुईन्टल चामल हस्तान्त्रण गरेका हुन् । तुलसीपुर उद्योग बाणिज्य सघंको सदस्य समेत रहेको कम्पनीले एक द्वार प्रणालि मार्फत सहयोग हस्तान्त्रण गर्ने भन्दै ५५ कुईन्टल चामल प्रदान गर्ने र उद्योग बाणिज्य सघंले पुन. उपमहानगरपालिकालाई हस्तान्त्रण गर्ने तयारी समेत गरिएको छ ।

कोरोना भाईरस (कोभिड १९ ) को नियन्त्रण र सत्रर्कता अपनाउनका लागि कम्पनीले आफ्नो उत्पादन समेत बन्द गरेको छ । उद्योग बन्द भएपछि मजदुरहरुलाई कम्पनी भित्रै लकडाउन गरिएको समेत महाप्रबन्धक पाठकले बताए ।

यस अघि कोभिड रोग नियन्त्रण र साबधानी अपनाउन कंम्पनीले जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि ७ लाख बराबरको स्वास्थ्य सामाग्री जिल्ला प्रशासनको बिपद् ब्यबस्थापन शाखामा हस्तान्त्रण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार