
ठमाडौं, १८ वैशाख : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरकाे उपचार गरेपछि ऋषि कपूर गएकाे वर्षकाे सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षकाे फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएकाे थियाे ।
त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जालमा लेखेका छन ।

ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए। उनको फिल्मी करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो।
त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए। भारतीय फिल्म उद्योगमा विगत दुई दिन एता धेरै ठूलो धक्का लागेको छ। हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो।