• २०७७ कार्तिक ६ गते बिहिवार

लकडाउनमा बालबालिका,महिला,अपाङगता र जेष्ठ नागरिकको अबस्थामा संबाद

Author Logo..
२०७७ बैशाख १७ गते बुधवार


सुशील बस्नेत
दाङ, १७ बैशाख :
कोभिड १९ र बालबालिका,महिला,अपाङ,जेष्ठ नागरिक र दलीतको अबस्थाका बारेमा भिडियो कन्फ्रेरन्स मार्फत संबाद बुधबार दाङमा गरिएको छ । संबादमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का अध्यक्ष एंव सामाजिक बिकास समितिका संयोजक कुमार लामिछाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, बालबालिकाको तर्फबाट ईशा वली,महिला प्रतिनिधि प्रभा खड्का,अपाङका यज्ञ बिक,जेष्ठ नागरिकका खुमानन्द अधिकारी र दलितको तर्फबाट निर्मल नेपाली सहभागि भएका थिए ।

संबादमा सहभागि बालबालिकाको तर्फबाट ईशा वलीले बिद्यार्थीले पढ्न पाउने ब्यबस्था राज्यले मिलाउनुपर्ने बताईन् । कोभिड १९ बाट बँच्न र बँचाउने यो घडीमा घरमा बसिबसि पढ्न पाउने ब्यबस्था मिलाउनुपर्ने उनले बताईन् । उनले भनिन्,सबैभन्दा राम्रो माध्यम भनेको सामूदायिक रेडियोहरु नै हुन ।

सबैको घर आँगनमा सहज तरिकाको पहँच नै रेडियो भएकोले यी माध्यमलाई प्रयोग गर्न शिक्षा सँग सम्बन्धि पक्षलाई आग्रह गरिन् । अनलाईन प्रणाली सबैको पहँुच र चलाउन सक्ने नहुन सक्छ, उनको भनाई छ ।


अपाङताको तर्फबाट सहभागि यज्ञ बिकले लामो लकडाउनले अत्यन्त प्रभाबित अपाङता भएका ब्यक्तिहरु भएको बताए । मेरुदण्डको समस्या,टाँउको समस्या,ढाँड र कम्मरका समस्या भएका अपाङता भएका ब्यक्तिले नियमति औषधि सेवन गर्नुपर्ने तर सहजै औषधि प्राप्त हुन नसकिरहेको बताए ।

दुई छाकका लागि अपाङगता भएका ब्यक्ति छन्,कसैले पनि ध्यान दिएन । एकजना अपाङता भएका ब्यक्ति सँग सहयोगको लागि अर्को पनि हुन्छ,खोई राज्यले हामीलाई ध्यान दिएको, उनले भने ।
महिलाको तर्फबाट सहभागि प्रभा खड्काले लकडाउनको समयमा पनि बलत्कार देखि बिभिन्न किसीमका महिला माथि हिंसा हुनु दुर्भाग्यपूर्ण भएको बताईन् ।

उनले भनिन् , घर परिवारलाई रातदिन समय दिनुपर्ने परम्पराबाट महिलाहरु बढी पीडित छदैछन् । त्यस बाहेक एकले अर्कोलाई नभेट्न लागु गरिएको लकडाउनमा महिलामाथि बलत्कारका घटना हुनु,कुन अबस्था र समयलाई महिलाले सुरक्षित महसुस गर्ने उनको भनाई छ ।


दलितको तर्फबाट सहभागि निर्मल नेपालीले स साना उद्योग र पेशाबाट जिवन निर्बाह गर्दै आएका दलित समूदाय र ती उद्योगमा निर्भर भएका श्रमजीबि दलितहरुको अबस्था दर्दनाक भएको बताए । उनले अब लकडाउन लम्बिने अबस्था आए दलीत समूदायले सञ्चालन गरेका उद्योग धन्दाको बैकल्पीक आयआर्जनको रुपमा खोजी गरिदिनुपर्नेमा जोड दिए ।
जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारीले तुलसीपुर उपमहानगरपालिकाले दिर्घ रोगीका लागि घरमै औषधि पु¥याईदिने कार्य र फागुणको सामाजिक भत्ता बैशाखमा बितरणका लागि बैक संँग गराएको ब्यबस्थाले जेष्ठ नागरिकलाई केही सहुलित महसुर गरेको बताए । तर बैकबाट सामाजिक सुरक्षा भत्ताबाफतको रकम बुझ्दा सामाजिक दुरीलाई ध्यानै नदिने जेष्ठ नागरिकहरुको आनीबानि र त्यसको सहि ब्यबस्थापन गर्न बैंकहरुले नसकेकोमा दुखि भएको बताए ।


नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले लकडाउनलाई सबैले पूर्णरुपमा पालना गर्नुपर्नेमा जोड दिए। तर दैनिक जिवनमा आबश्यक पर्ने बस्तु तथा सेवाको सहज आपुर्तिको ब्यबस्था सरकार र सरकारका संयन्त्रले गर्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का अध्यक्ष एबम सामाजिक बिकास समितिका संयोजक कुमार लामिछानेले उमहानगरपालिकाले ब्यबस्थीत ढंगबाट राहत संकलन र बितरण प्रणाली अपनाएको दाबी गरे ।

उनले सुत्केरी महिलाहरुका लागि पोषण खाना,गर्भवती र बालबालिकाहरुका लागि खोप कार्यक्रम,जेष्ठ नागरिक र दिर्घ रोगीका लागि औषधिको ब्यबस्था गरिएको बताए । तर अझैपनि केही बिषय उठान भएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने प्रतिबद्धता जनाए ।


संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजिकरण गरेका थिए । यसअघि स्वास्थ्य,राहत संकलत तथा बितरण,सीमा सुरक्षा,दलहरुको भूमिका,पत्रकारहरुको भूमिका, जनपतिनिधिहरुको भूमिका, प्रदेश सरकारको भूमिका लगायतका बिषयमा संबाद गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार