• २०७७ मङ्सिर ११ गते बिहिवार

रौतहटको दुई जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
२०७७ बैशाख १६ गते मङ्गलवार

रौतहट : रौतहटको दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । भारतको कलकताबाट आएर रौतहटको चन्द्रपुरमा रहेको क्वारेन्टाइनमा चौध दिन बसेर घर फर्किएका भुसहाका २५ वर्षिय पुरुषको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको हो ।

आरडिटी र जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको परिक्षणमा नतिजा नेगेटिभ देखिएपछि उनी घरमै बस्दै आएका थिए । तर केन्द्रीय प्रयोगशाला टेकुको परिक्षण नतिजाले उनलाई पोजेटिभ देखाएको हो ।

यसैगरी देवाही गोनाही १ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित ३५ वर्षीय पुरुष हाल क्वारेन्टाइनमै रहेका छन । उनको स्वाब परिक्षको नतिजा पोजेटिभ आए पछि थप सर्तकता बढाइएको छ ।

नतिजा पोजेटिभ देखिएका भुसहाका व्यक्तिको खोजी कार्य शुरु भएको छ । क्वारेन्टिनबाट घर फर्किएपछि नतिजा पोजेटिभ आएकोले स्थिती त्रासपूर्ण बनेको छ । काठमाडौंवाट गएको चिकित्सकको टोलीले बैशाख १२ र १३ गते रौतहटको आठ क्वारेन्टाइन बाट सात महिला सहित ८३ जनाको स्वाबको नमूना परिक्षणको लागी टेकु लगेको थियो ।

संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको बताइएको छ । सोही स्वाबमध्ये दुईको नतिजा पोजेटिभ भेटिएको हो । यस अघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठिक भएर वीरगंजबाट घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार