• २०७७ कार्तिक ६ गते बिहिवार

भारतमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ९३९ पुग्याे

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १६ गते मङ्गलवार

काठमाडाैं, १६ वैशाख : छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २९ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २९ हजार ४१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । यसैबीच ७ हजार १ सय ३७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

साेमबार बिहानसम्म भारतमा काेराेना संक्रमितकाे संख्या २७ हजार ८९० थियाे भने मृत्यु हुनेको संख्या ८ सय ८१ थियाे ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ३० लाख ६२ हजार पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ११ हजार ४३३ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार