• २०७७ कार्तिक ६ गते बिहिवार

शान्तिनगर २ अमुवामा रतुवाको सिकार गर्ने पाँच पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १५ गते सोमवार

दाङ , डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाँउपालिका २ अमुवामा रतुवा शिकार गरी भागवन्डा लगाई बाडिरहेको अवस्थामा सोमबार दिउँसो पाँच जनालाई पक्राउ गरेको छ ।

५ जनालाई रतुवाको मासु सहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले बताए । वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानियहरु जम्मा भई खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताए ।

मारी सकेपछि गाँउलेहरु मिलि मासु भागवन्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पक्राउ पर्नेहरुमा शान्तिनगर गाँउपालिका २ अम्मुवाका राम बहादुर नेपाली, कल बहादुर भण्डारी, दिल बहादुर दमाई, तुलसीराम वली, ओपेन्द्र बहादुर भण्डारी रहेका छन् ।

घटनाका विषमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर के.सीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार