• २०७७ मङ्सिर ११ गते बिहिवार

यसपालि मलको अभाब हुदैन भन्दा किसान खुशी

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १५ गते सोमवार

विकास डाँगी
तुलसीपुर, १५ बैशाख :
एक महिना भन्दा बढी लकडाउन हुनु र बर्षे धानको तयारी गर्न किसानहरुले तयारी गर्दा यसपाली मलको अभाव नहुने भएको छ ।
किसानहरुलागि यो भन्दा खुशीको कुरा अरु के हुन सक्छ । तर बिगतका बर्षमा धान रोपाई गर्नु अघि,धान रोप्दा र रोपि सकेपछि आबश्यक पर्ने डिएपी,युरीया र पोटास नपाउदा किसानहरु दुखि हुने गरेका थिए । यस वर्ष भने मलको अभाव हुदैन ,दाङका कृषि सामाग्री लिमिटेडले बताएका छन् । तुलसीपुर, घोराही र लमहीबाट कृषि सामग्री कम्पनी लिमिटेड शाखाहरुले र साल्ट टे«डिङले मल वितरण गर्दै आएको छ । कृषि सामाग्री संस्थान तुलसीपुर शाखाले आइतवारदेखी मल वितरण गरेको शाखा प्रमुख तिर्थराज न्यौपानेले बताए ।

सहकारीलाई बिक्रि बितरण जिम्मा लगाई उतैबाट किसानले रासायनिक मल खरिद गर्ने ब्यबस्था कृषि सामाग्रीहरुले गरेका छन् । कृषि सामाग्री संस्थान तुलसीपुर शाखाले ८० वटा सहकारी संस्थाहरुलाई मल वितरण गर्ने छ ।
वार्षिक ३५ सय मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी मल तुलसीपुर उपमहानगरपालिका,बबई, दंगीशरण र शान्तीनगर गाउँपालिकाका लागि आवश्यक पर्ने कृषि सामाग्री संस्थान तुलसीपुरले जनाएको छ ।

चालु आर्थिक बर्षमा १५ सय मेट्रिक टन डिएपी र १८ सय मेट्रिक टन युरिया विक्रि गरी गाउँसम्म पुगेको छ । कार्यालयमा हाल साँढे ४ सय टन युरिया र करिब ३ सय टन डिएपी मल रहेको कार्यलय उनले बताए ।
किसानको मागलाई मध्यनगर गरी लकडाउनको समयमा भैरवाबाट लगातार रासायनिक मल आयत गरीएको समेत उनले बताए ।

शाखाले मलमा प्रति बोरा ७ सय ७६ युरिया र डिएपीलाई २२ सय २६ रुपैयाँमा सहकारीलाई दिने र सहकारीहरुले किसानहरुलाई ढुवानी खर्च समेत जाडेर दिने ब्यबस्था मिलाइएको उनले बताए ।
नेपाल सरकारले अनुदानको मल वितरण गर्ने जिम्मा कृषि सामाग्री लिमिटेड र साल्ट टे«डिङलाई दिएको छ । सामाग्रीले ७० प्रतिसत र साल्ट ट्रेडिङले ३० प्रतिशत पाउने गरेको छ ।


दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा रासायनीक मल बिक्रि गर्ने गर्दछ भने साल्ट ट्रेनिङले घोराही क्षेत्रका लागि मात्र बिक्रि गर्ने गरेको छ ।
लकडाउनको बेलामा समेत रासायनीक मल खरिद गर्न पाउदा किसानहरु खुसी भएका स्मृती सहकारी संस्था शान्तिनगर ५ का ब्यवस्थापक तेज बहादुर केसीले बताए । कृषि सामग्री कम्पनी घोराही शाखामा पनि युरिया ५ सय टन र डिएपी ५ सय टन मौजाद रहेको घोराही शाखा प्रमुख विष्णु प्रसाद केसीले बताए ।


दाङको देउखुरी क्षेत्रका राप्तीगाँउपालिका,गढवा,राजपुर र लमही नगरपालिकाकाका किसानहरुका लागि कृषि सामाग्री लिमिटेडले रासायनिक मल बिक्रि वितरण गर्दै आएको छ ।
दाङमा खेतीयोग्य जमीन ६९ हजार ९सय ५० हेक्टर र खेती गरिएको जमीन ६५ हजार ९ सय ८० हेक्टर रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

जसमध्ये धान ३७ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा खेति गरिन्छ । त्यसका लागि दाङका १० पालिकामा २२ हजार मेट्रिक टन रासायनीक मल आबश्यक पर्ने कृषि ज्ञान केन्द्रले बताएको छ । हालसम्म दाङमा १० हजार १ सय ५० मेटिकटन बिक्रि भएको र मौज्दात करीव २ हजार ६सय ३८.५५ मेट्रिक टन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार