• २०७७ कार्तिक ६ गते बिहिवार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १५ गते सोमवार


लमही : दाङको लमहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार विहान ११ बजे ट्याक्टर पल्टिँदा सोही ट्याक्टरमा काम गर्ने लमही नगरपालिका ५ कोलही निवासी १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

खोलामा बालुवा अनलोड गरि घर बनाउँदै गरेको स्थानमा पु¥याउने क्रममा आफै मजदुरी गर्ने रा १ त ३४७० नम्बरको ट्याक्टरको टायरले किचिएर चौधरीको मृत्यु भएको उनले बताए । शव लमही अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार