• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरबाट ९ औं दिन सम्म २१४९ यात्रु उद्धार

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १५ गते सोमवार

तुलसीपुर, १५ बैशाख : दाङको तुलसीपुरमा तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईका विभिन्न १० संघसंस्थाहरुले थालको यात्रुहरुलाई खाना, बस्न र यातायात गरी गन्तब्य सम्म पु¥याउने अभियानको ९ आंै दिनमा ६५ जना यात्रुहरुको उद्धार गरिएको छ । सल्यान, रुकुम र कालिमाटीका गरी उनीहरुलाई खाना, मास्क, दिई यातायातको ब्यवस्था गरी गन्तब्य सम्म पु¥याएको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले बताए ।

अभियानको ९ औं दिन सम्म २१ सय ४९ जनाको उद्धार गरिएको उनले बताए । बैशाख ५ गतेदेखी तुलसीपुर उद्योग वाणिज्य संघ, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि लगाएत अन्य यातायात प्रालिहरू, तुलसीपुर नगर जेसिज, रोटरी क्लब अफ तुल्सीपुर सीटी, लायन्स क्लब अफ दाङ, रोट्रायक क्लब तुलसीपुर, रिर्पोटर्स क्लब दाङ, चलचित्र पत्रकार संघ दाङ, लियो क्लब अफ दाङले अभियान शुरु गरेका हुन्

। जिल्ला प्रशासन कार्यालय दाङ, स्थानिय सरकार तुलसिपुर उपमहानगरपालिकाका ,राजनितक दलहरू, वडा नम्बर ५ का वडा अध्यक्ष, नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाली सेना ,रेडक्रस लगाएतको समन्यवमा अभियान जारी रहिरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर राव (विरु)ले बताए । त्यसैगरी यो अभियान लकडाउन हुदाँ सम्म निरन्तर रुपमा चलाई रहेने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार