• २०७७ कार्तिक ६ गते बिहिवार

जन्मदिनको अबसरमा पैदल यात्रीलाई खाद्यान्न सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १४ गते आइतवार


तुलसीपुर , १४ बैशाख : कोरनाको प्रकोपबाट प्रभावित पैदल यात्रीका लागी दाङको तुलसीपुरमा संचालित मेसमा तुलसीपुरका पत्रकार चेतन रेग्मीले खाद्यान्न सहयोग गरेका छन् ।
उनले सय किलो चामल,पच्चीस किलो दाल र दस किलो नुन तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतलाई हस्तान्तरण गरेका छ्न ।
कोरोना कहरका कारण हजारौं पैदल यात्रीहरु बिचल्लीमा परेपछि तुलसीपुरमा सामाजिक संस्थाहरुले सामुहिक रुपमा मेस संचालन गरिरहेका छन । सोहि मेसमा पत्रकार रेग्मीले जन्मदिनको अबसरमा खाद्यान्न सहयोग गरेका हुन् ।
लक डाउनले गर्दा जन्मदिन मनाउने पैसा बचत भएको थियो सोही पैसा मेसमा सानो सहयोग गर्न पाउदा सामाजिक काममा हातेमालो हुने जन्मदिन पनि मनाइने भएकाले सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार