• २०७७ कार्तिक ६ गते बिहिवार

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो : एकैदिन ५९ जनाको मृत्यु,

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १३ गते शनिवार

काठमाडौँ, १३ वैशाख : कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ ।
शुक्रबार एकै दिन त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण ७८० जनाको मृत्यु भएको छ ।

शुक्रबार एकै दिन भारतमा १ हजार ४०८ नयाँ संक्रमित फेला परेका छन् । साथै ५ हजार ४९६ जना भने पूर्ण रूपमा निको पनि भइसकेका छन् । बाँकी १८ हजार १७१ जना संक्रमित हाल उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार