
दाङ, दाङमा जरायोको सुकुटी खान फेसबुक मार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालय दाङले पक्राउ गरेको छ ।
गढवा गाउँपालिका ६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले शुक्रवार पक्राउ गरेको हो । पुनले बिहीबार फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौँ, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए ।
फेसवुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजन वन प्रमुख प्रविण बिडारीले जानकारी दिए ।
राष्ट्रीय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानुनी कारबाहीको प्रकृया अघि बढाइएको उनले बताए।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस