• २०७७ कार्तिक १२ गते बुधवार

पदैल यात्रीको उद्धारको लागी नायक श्रेष्ठले ५१ हजार आर्थिक सहयोग गरे

Author Logo..
२०७७ बैशाख ११ गते बिहिवार

तुलसीपुर , नेपाली सिनेमाका चर्चित नायक आकाश श्रेष्ठले अलपत्र परेका पदैलयात्रीहरुको उद्धारको लागी आर्थिक सहयोग गरेका छन् । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा विगत ६ दिन देखी यात्रुहरुको उद्धारको लागी भएको अभियानमा नायक श्रेष्ठले ५१ हजार नगद आर्थिक सहयोग गरेका हुन् । उनले बिहीवार तुलसीपुर उद्योग वाणिज्य संघ अध्यक्ष विरु रावतलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

कोरोनाको कारणले विभिन्न जिल्लाका मानिसहरुले दुखकष्ट पाएको भन्दै नायक श्रेष्ठले आफ्ना सानो सहयोगले उनीहरुलाई केही राहत पुगोस् भनि सहयोग गरेको बताए । त्यसैगरी उनले तुलसीपुरमा विभिन्न संघ संस्थाहरुले रातदिन नभनी यात्रुहरुको उद्धार गरिहेको देख्दा आफु धेरै खुशी भएको र आफु पनि यहि ठाउँको भएकाले सहयोग गरेको बताए ।

त्यसैगरी तुलसीपुर मुस्लीम समाजले पनि अभियानलाई सफल बनाउन १५ हजार आर्थिक सहयोग गरेको छ । तुलसीपुरका विभिन्न १० संघ संंस्थाहरुले शुरु गरेको अभियानको छैठौँ दिन विहिवार मात्र सल्यान,रुकुम तथा कालिमाटीका २९९ जना यात्रुलाई तर्फ गन्तव्य सम्म पु¥याएको अभियानका संयोजक तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रावतले बताए । विहीबार सम्म विभिन्न जिल्लाबाट आएका १८२९ जना पैदलयात्रुहरुलाई उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार